Breaking News
Sunday, 22 Jan, 2023
प्रधानमन्त्री प्रचण्ड र डा.सन्दुक रूइतबीच भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र तिलगगा अँखा केन्द्रका निर्देशक डा. सन्दुक रुइतबीच शनिबार भेटवार्ता भएको छ ।शनिबार बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेर डा.रूइतले प्रधानमन्त्री प्रचण्डलाई भेटेको उनको सचिवालयले जनाएको छ।
भेटमा प्रधानमन्त्री प्रचण्डले तिलगंगा आँखा केन्द्रलाई मानिक (मानित) विश्वविद्यालयको रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
रूइतले यसबारेमा चासो राखेपछि उनले प्रतिबद्धता जनाएको सचिवालयले जनाएको छ। डा. रुइतले हालैमात्र बहराइन सरकारले प्रदान गर्ने इसा अवार्ड पाएका थिए ।








