प्रमुख समाचार
Tuesday, 10 Jan, 2023
जसपाले पनि प्रचण्डलाई विश्वासको मत दिने
जनता समाजवादी पार्टी (जसपा) ले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ ।सोमबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन पार्टीका सांसदहरूलाई ह्विप लगाउने निर्णय गरेको हो।
संसदमा जसपाका १२ जना सांसद छन्। प्रचण्डले आज बस्ने प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिने कार्यक्रम छ ।







