प्रमुख समाचार
Thursday, 29 Dec, 2022
राहदानी विभागमा गृहमन्त्री लामिछानेको अनुगमन
गृहमन्त्री रवि लामिछानेले जिल्ला प्रशासन कार्यालयबाटै सहज रूपमा राहदानी जारी गर्ने विषयमा पहल सुरू गर्ने बताएका छन्।
त्रिपुरेश्वरस्थित राहदानी विभागमा सेवाग्राहीहरूको गुनासो सुनेपछि उनले जिल्लाबाटै सहज रूपमा राहदानी जारीका लागि सरकारले पहल गर्ने बताएका हुन्।उनी बुधबार दिउँसो राहदानी विभागमा अनुगमनका लागि पुगेका थिए।
‘मन्त्रिपरिषद्ले पहिलो निर्णय नै राहदानी र सवारी चालक अनुमतिपत्रमा रहेको लाइन हटाउने गरेसँगै उहाँ समस्याबारे बुझ्न आउनुभएको थियो,’ विभागका महानिर्देशक सुरेन्द्र यादवले भने।








