प्रमुख समाचार
Monday, 26 Dec, 2022
नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई चीनको बधाई
नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई छिमेकी मुलुक चीनले बधाई तथा शुभकामना दिँदै सफल कार्यकालको शुभकामना दिएको छ।
प्रधानमन्त्री दाहाललाई यहाँस्थित चिनियाँराजदूतावासका तर्फबाट बधाई दिइएको हो। चिनियाँ दूतावासका प्रवक्ताले पनि सामाजिक सञ्जाल ट्विटरमार्फत ‘नेपालको ४४औँ प्रधानमन्त्रीमा नियुक्त अध्यक्ष दाहाललाई बधाई’ दिएका छन्।







