प्रमुख समाचार
Friday, 16 Dec, 2022
सांसदहरुले शपथ लिएलगत्तै माओवादीले दलको नेता चयन गर्ने
नेकपा माओवादी केन्द्र सांसदहरुले सपथ लिएलगत्तै दलको नेता चयन गर्ने प्रक्रियामा जाने भएको छ । निर्वाचन आयोगले मतपरिणाम राष्ट्रपतिलाई बुझाइसकेकाले माओवादीले सांसदहरुको शपथपछि मात्रै दलको नेता चयन गर्ने भएको हो ।
माओवादीबाट निर्वाचित ३२ जना सांसद छन् । प्रचण्ड दलको नेता हुने निश्चित जस्तै भएकाले पहिलो चरणमै प्रधानमन्त्री कसरी हुने भन्ने विषय छलफल तीव्र बनाएका छन् । त्यसका लागि प्रचण्डले विभिन्न पार्टीका नेताहरू निरन्तर छलफल जारी राखेका छन् ।







