Breaking News
Monday, 12 Dec, 2022
ओली र अर्जुननरसिंह केसीबीच छलफल
नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका छन्।ओली निवास बालकोटमा आइतबार बेलुकी केसी र ओलीबीच समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको हो।
उनीहरूबीच करिब दुई घन्टा कुराकानी भएको केसीको सचिवालयले जानकारी दिएको छ।भेटवार्तामा ओलीले नयाँ सरकार गठनबारे चासो राखेका थिए। ओलीको निमन्त्रणामा केसी बालकोट पुगेका थिए।







