प्रमुख समाचार
Monday, 5 Dec, 2022
सिके राउत र बाबुराम भट्टराईबीच भेट
जनमत पार्टीका अध्यक्ष सिके राउत र नेपाल समाजवादीका अध्यक्ष बाबुराम भट्टराईबीच भेट भएको छ।
प्रतिनिधिसभामा निर्वाचित भइसकेपछि सिके राउतले पछिल्लो समय राजनीतिक भेटघाट तीव्र पारेका छन्। यसैक्रममा उनले सोमबार भट्टराईलाई भेटेका हुन्।
राउत र आफूबीच भेटघाट भएको भट्टराईले ट्वीटरमार्फत् जानकारी दिएका छन्।भेटमा समसामयिक राजनीतिबारे छलफल भएको उनले जनाएका छन्।







