प्रमुख समाचार
Monday, 5 Dec, 2022
जनमत पार्टीका अध्यक्ष सिके राउत र नेता प्रभु साहबीच भेटवार्ता
जनमत पार्टीका अध्यक्ष सिके राउत र नेता प्रभु साहबीच भेटवार्ता भएको छ। रौतहट-३ बाट निर्वाचित साह र सप्तरी-२ बाट निर्वाचित राउतबीच आइतबार भेटवार्ता भएको हो।
साहले सामाजिक सञ्जालमार्फत् भेट भएको जानकारी गराएका छन्। आफूहरूबीच समसमायिक राजनीतिक विषयमा छलफल भएको उनले उल्लेख गरेका छन्।







