प्रमुख समाचार
Monday, 28 Nov, 2022
निर्वाचन आयोगले दियो उदयपुर-१ को मतगणनालाई निरन्तरता दिन निर्देशन
उदयपुर क्षेत्र नम्बर-१ मा रोकिएको मतगणना कार्यलाई निरन्तरता दिन निर्वाचन आयोगले निर्देशन दिएको छ ।
आयोगले सोमबार उदयपुरका मुख्य निर्वाच अधिकृतको कार्यालयलाई मतगणनापूर्व भएको सहमतीको आधारमा मतगणना कार्यलाई निरन्तरता दिन निर्देशन दिएको हो ।साथै एउटा प्रणालीको मतपत्रबाट दोहोरो मतदान भएकोमा मंसिर ४ गते आयोगको पत्रबमोजिम मतगणनालाई निरन्तरता दिनसमेत निर्णय गरेको आयोगले जनाएको छ ।
प्रतिनिधिसभाको मतगणनाको क्रममा एक सयभन्दा बढी मतपत्र प्रदेशसभाको फेला परेपछि सुरु भएको विवादका कारण आइतबारदेखि गणना रोकिएको थियो । नेकपा एमालेले पुनः मतदानको र नेपाली कांग्रेसले तत्काल मतगणनाको माग राखेका थिए।








