प्रमुख समाचार
Friday, 25 Nov, 2022
नवनिर्वाचित सांसद योगेश भट्टराईले गरेपाथीभरा माताको दर्शन
नेकपा एमालेका सचिव एवं ताप्लेजुङबाट नवनिर्वाचित सांसद योगेश भट्टराईले पाथीभरा माताको दर्शन गरेका छन् । सामाजिक सञ्जाल मार्फत भट्टराईले पाथीभरा पुगेको तस्विर सार्वजनिक गरेका छन् ।
शुक्रबार पार्टीका कार्यकर्तासहित भट्टराईले पाथीभरा मन्दिरका साथै त्यस क्षेत्रको यात्रा गरेका हुन् ।हालै सम्पन्न निर्वाचनमा उनी २१ हजार ९४३ मत पाएर विजयी भएका थिए । उनका निकटतम् प्रतिस्पर्धी माओवादी केन्द्रका खेलप्रसाद बुढाथोकीले २१ हजार ७५३ मत पाएका थिए ।







