प्रमुख समाचार
Friday, 25 Nov, 2022
गुल्मी १ मा चन्द्र भण्डारीसँग पराजित भए प्रदीप ज्ञवाली
गुल्मी १ मा नेपाली कांग्रेसका चन्द्र भण्डारी विजयी भएका छन्।उनले नेकपा एमालेका उपमहासचिवसमेत रहेका प्रदीप ज्ञवालीलाई हराएका हुन्।
शुक्रबार सकिएको मतगणनाअनुसार एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई हराएर भण्डारी विजयी भएका हुन्।जिल्ला निर्वाचन अधिकृतको कार्यालयले औपचारिक घोषण भने गरिसकेको छैन । तर, भण्डारी निर्वाचित भएको भन्दै कांग्रेस नेता कार्यकर्ताले भने उत्सव मनाइरहेका छन् ।







