Breaking News
Friday, 25 Nov, 2022
लालबाबुलाई हराउदै मोरङ ६ बाट शेखर कोइराला निर्वाचित
मोरङ क्षेत्र नम्बर ६ बाट नेपालीँ कांग्रेसका नेता शेखर कोइराला निर्वाचित भएका छन् ।
कोइरालाले नेकपा एमालेका लालबाबु पण्डितलाई हराउँदै निर्वाचित भएका हुन् । उनले ३५ हजार २१८ मत ल्याए भने एमालेका पण्डितले २२ हजार ९३२ मत ल्याएका छन् ।गत चुनाव अर्थात २०७४ को निर्वाचनमा यही क्षेत्रबाट लालबाबुले शेखर कोइरालालाई हराएका थिए ।







