Breaking News
Friday, 25 Nov, 2022
समानुपातिकमा एमालेको अग्रता कायमै, कटायो १० लाख मत
नेकपा एमालेले प्रतिनिधिसमातर्फ समानुपातिकमा १० लाख मत कटाएको छ । नेपाली कांग्रेससँग ४८ हजारभन्दा बढी मतको अग्रतासहित एमालेले १० लाखको आँकडा पार गरेको हो । निर्वाचन आयोगका अनुसार एमालेले अहिलेसम्म प्रतिनिधिसभा अन्तर्गत समानुपातिकतर्फ १० लाख ५ हजार ७२० मत पाएको छ ।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ९ लाख ५७ हजार ६४० मत प्राप्त गरेको छ ।यस्तै, तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ४ लाख ७८ हजार ६३१ मत प्राप्त गरेको छ ।







