Breaking News
Monday, 14 Nov, 2022
एमाले नेतामाथि गोरखामा आक्रमण
गोरखामा एक जना एमालेका नेतामाथि आक्रमण भएको छ ।
पालुङटार नगरपालिका-७ स्थित एक रिसोर्टमा आइतबार राति ११ बजे खाना खाइरहेका बेला एमाले गण्डकी प्रदेश सदस्य हरि काफ्लेमाथि आक्रमण भएको हो ।खाना खान रिसोर्टमा गएका काफ्लेलाई त्यही रहेका युवाको समूहले आक्रमण गरेको डिएसपी लिलाराज लामिछानेले जानकारी दिए ।
काफ्लेको टाउकोमा चोट लागेको छ । उनलाई उपचारका लागि काठमाडौं पठाइएको छ ।







