Exclusive News
Saturday, 12 Nov, 2022
मत माग्न दोस्रोपल्ट सुदूरपश्चिम गए ओली
काठमाडौं– १८ कात्तिकमा दार्चुलाबाट चुनावीसभा सुरु गरेका एमाले अध्यक्ष केपी ओली शनिबार पुनः सुदूरपश्चिम गएका छन्। तीन वटा चुनावीसभामा सहभागिता जनाउन ओली सुदूरपश्चिम गएका हुन्।
एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकका अनुसार ओलीले शनिबार तीन स्थानका चुनावीसभालाई सम्बोधन गर्नेछन्। ओलीले बिहान ११ बजे डोटीको दिपायल, २ बजे कैलालीको अत्तरियामा र ४ बजे लम्कीको चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम छ।
ओलीले १८ कात्तिकमा दार्चुला, बैतडी र महेन्द्रनगरका तीन वटा सभालाई सम्बोधन गरेका थिए।







