Breaking News Friday, 21 Oct, 2022
Prestige Media

बाघलाई पर्यटनसँग जोड्न प्रधानमन्त्री देउवाको आग्रह

बाघलाई पर्यटन क्षेत्रसँग जोडेर आम्दानी लिन प्रधानमन्त्री देउवाको सरोकारवाला निकायलाई आग्रह

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा रहेका बाघलाई पर्यटनसँग जोड्नुपर्ने बताएका छन् ।राष्ट्रिय प्रकृति संरक्षण कोषको ४०औं वार्षिकोत्सव समारोहमा बोल्दै कोषका संरक्षकसमेत रहेका प्रधानमन्त्री देउवाले संख्या बढेसँगै बाघ–मानव द्वन्द्व बढ्नु चुनौतीको विषय रहेको बताए । सरकारले बाघलाई पर्यटनसँग जोडेर नयाँ कार्यक्रम ल्याउने उनको भनाइ थियो ।

‘बाघको संख्या अत्यधिक बढेको सन्दर्भमा हामीले यसलाई पर्यटन जोडेर नयाँ पर्यटनको विकास गर्न सक्यौं भने यसबाट मुलुकको अर्थतन्त्रलाई टेवा पुग्नेछ । यतिबेला हामी मुलुकमा महानिर्वाचनको पूर्वसन्ध्यामा छौं,’ प्रधानमन्त्री देउवाले भने, ‘अब बन्ने सरकारले बाघलाई पर्यटनसँग जोडेर नयाँ आयामका कार्यक्रम सुरु गर्ने वचनबद्धता व्यक्त गर्न चाहन्छु ।’

प्रधानमन्त्री देउवाले सरकारले जैविक विविधता संरक्षणको क्षेत्रमा अघि बढाएको नीति तथा कार्यक्रमलाई कार्यान्वयन र सफल बनाउन चार दशकको यात्रामा कोषले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।कोषले समुदायमा आधारित संरक्षणको अभ्यास गर्दै नयाँ ट्रेन्ड सेट गर्न सफल भएको उनले जानकारी दिए ।

‘हामी विश्वमा संरक्षण क्षेत्रको व्यवस्थापनमा अन्नपूर्ण संरक्षण क्षेत्रको मोडल भनेर विश्वमा कहलिएका छौं । यो गौरवमय इतिहास निर्माण गर्न सफल राष्ट्रिय प्रकृति संरक्षण कोषलाई म हार्दिक बधाई दिन चाहन्छु,’ प्रधानमन्त्री देउवाले भने ।कोषको वार्षिकोत्सव अवसरमा प्रकृति, वन र वन्यजन्तु संरक्षणको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने विश्वनाथ उप्रेतीलाई एक लाख २५ हजार राशिको कोषको संरक्षक संरक्षण पुरस्कारबाट सम्मान गरिएको छ ।

पुरस्कृत उप्रेतीलाई प्रधानमन्त्री देउवाले नगदसहित दोसल्ला र कदरपत्रद्वारा सम्मान गरेका थिए । कोषले वंयजन्तु संरक्षणमा योगदान पु¥याउने विभिन्न निकाय तथा व्यक्तिलाई पनि कदरपत्रबाट सम्मान गरेको छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

९९ रनमा कुशलको विकेट लिएपछि के भने काठमाडौंका कप्तान करणले?

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

तिहार पर्व सुरु, आज धनतेरस

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL