प्रमुख समाचार Friday, 21 Oct, 2022
Prestige Media

पूर्वप्रधानमन्त्रीहरू लर्को लागेर संसद्मा गइरहनुको औचित्य नभएको बाबुरामको दाबी

नयाँ पुस्तालाई अवसर दिन चुनाव नलडेको बाबुरामको खुलासा

काठमाडौं– नेपाल समाजवादी पार्टी अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई जानकारी गराएरै चुनाव नलड्ने निर्णयमा पुगेको खुलासा गरेका छन् ।

पूर्वप्रधानमन्त्रीहरू लर्को लागेर अब संसद्मा गइरहनुको औचित्य नदेखिएकाले चुनाव नलडेर त्याग गरेको उनले बताए । भट्टराईले त्याग गर्ने नेताका रूपमा गणेशमान सिंहको उदाहरण पेस गर्दै सिंहले प्रधानमन्त्रीको अफर नस्वीकारेको सुनाए ।‘अब हामीले नयाँ पुस्तालाई विस्तारै अगाडि ल्याउनुपर्छ । ५ वर्ष स्थिर सरकार र विकास तथा समृद्धि दिनुपर्छ,’ काठमाडौं–७ मा शुक्रबार भएको कार्यक्रममा उनले भने, ‘नयाँ पुस्तालाई हस्तान्तरण गर्न मैले चुनाव नलडेको हुँ। कांग्रेस–माओवादी–एकीकृत समाजवादीका नेताहरूलाई जानकारी गराएरै चुनाव नलडेको हुँ ।’

नयाँ पुस्तालाई जिम्मेवारी दिन आफूले चुनाव नलडेको उनको भनाइ छ। तर भट्टराई चुनाव लड्दै आएको क्षेत्र गोरखा–२ मा यसपालि प्रचण्ड चुनाव लड्दैछन् ।भट्टराईले राजनीतिमा युवा पुस्ता आउनुपर्ने बताए। यो क्षेत्रमा भट्टराईपुत्री मानुषी यमी भट्टराई सत्ता गठबन्धनकी साझा उम्मेदवारका रूपमा चुनावी मैदानमा छन् ।

भट्टराईले सत्ता गठबन्धनलाई ४ मंसिरको चुनावमा जिताएर फेरि पाँच वर्ष स्थिर सरकार बन्ने अवस्थामा लैजानुपर्नेमा जोड दिए ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

अमेरिकी मध्यावधि चुनाव– प्रारम्भिक परिणाममा डेमोक्र्याटिक पार्टीको अग्रता, ट्रम्पको रिपब्लिकनलाई धक्का

पश्चिमी वायु र अर्नब चक्रवातको असर : आज सातै प्रदेशमा भारी वर्षाको सम्भावना

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL