प्रमुख समाचार Monday, 17 Oct, 2022
Prestige Media

१८ कात्तिकअघि चुनावी आमसभा गरे उम्मेदवारी खारेज : निर्वाचन आयोग

१८ कात्तिकअघि आमसभा, गोष्ठी, सेमिनारलगायतका कुनै पनि निर्वाचन प्रचार–प्रसार गर्ने नपाइने निर्वाचन आचारसंहितामा स्पष्ट व्यवस्था रहेकाले त्यसलाई पालना दलहरूलाई आयोगको आग्रह

काठमाडौं– निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरीत १८ कात्तिकअघि निर्वाचन प्रचार–प्रसार गरेको फेला परे त्यस्ता उम्मेदवारको मनोनयन खारेज गरिने बताएको छ ।आयोगले कतिपय उम्मेदवारबाट आचारसंहिता उल्लंघनका दर्जनौं उजुरी परेका र त्यस्ता उजुरीमाथि सूक्ष्म अध्ययन गरिरहेको बताएको छ । त्यस्ता उजुरीमाथि पहिलो पटक स्पष्टीकरणको मौका दिइने र पुनः दोहोरिए मनोनयनै खारेज गर्न सकिने आयोगले स्पष्ट पारेको छ ।

निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भिडियो सन्देशमार्फत १८ कात्तिकअघि आमसभा, गोष्ठी, सेमिनारलगायतका कुनै पनि निर्वाचन प्रचार–प्रसार गर्ने नपाइने निर्वाचन आचारसंहितामा स्पस्ट व्यवस्था रहेको बताए ।‘राजनीतिक दलका प्रतिनिधिसमेतको सहभागितामा बनेको निर्वाचन आचारसंहिताले निर्वाचन हुने दिनभन्दा १७ दिनअगावै अर्थात् १८ कात्तिकबाट मात्रै निर्वाचन प्रचार–प्रसार गर्न पाइन्छ भनेको छ’, आयुक्त भण्डारीले भनेका छन्, ‘त्योभन्दा अगाडि निर्वाचन प्रचार–प्रसार गर्ने क्रियाकलाप गर्न पाइँदैन भन्ने दलहरूलाई राम्रोसँग जानकारी छ ।’

१८ कात्तिकअघि घरदैलो गर्न भने छुट रहेको आयोगले जनाएको छ । तर त्यस्तो घरदैलो कार्यक्रम गर्दा पनि २५ बढी जान पाइने छैन । ‘घरदैलोमा २५ जना जाँदा पनि कुनै बाजागाजा वा तामझाम गरेर जान पाइँदैन । हामी हेरिरहेका छौं, बुझिरहेका छौं, देखिरहेका छौं । थुप्रै ठाउँबाट घरदैलो गर्न जाने सन्दर्भमा उहाँहरू बढी तामझाम गरेर जानुभएको छ’, आयुक्त भण्डारीले भनेका छन्, ‘बाजागाजा बजाइदिनुभयो, नाचगान गर्नुभयो र उहाँहरूले भोजभतेर सुरु गर्नुभएको छ भनेर उजुरी परेका छन् । ती उजुरी आयोगले मसिनो गरी छानबिन गरिरहेको छ ।’
उजुरी परेपछि धेरैलाई स्पष्टीकरण सोधिएको र त्यस्ता उजुरीमाथि स्थानीय स्तरमा निर्वाचन अधिकृतले कारबाही गरे÷नगरेको आयोगले हेरिरहेको उनले बताए । ‘स्थानीय अधिकृतले कारबाही गर्नुभयो ठीकै हो । यदि त्यहाँबाट कारबाही भएन भने आयोगले कठोर निर्णय गरेर कारबाही गनुपर्ने हुन्छ’, भण्डारीले भने ।

आयोगले सम्पूर्ण राजनीतिक दलका उम्मेदवारलाई अहिले घरदैलोसम्म गर्न आचारसंहिताले छुट दिए पनि त्यस प्रयोजनका लागि निश्चित सीमा निर्धारण गरेकाले त्यसैभित्र रहन भनेको छ । ‘जे पायो त्यही गरेर घरदैलो गर्न पाइँदैन । आचारसंहिता अध्ययन गरिदिनुस्, आचारसंहिताको परिधिभित्र बसिदिनुस् र त्यो परिधिभित्र बसेर कानुनले सजाय नपाउने गरी घरदैलो गरिदिनुस् भनेर आयोगले आग्रह गरेको छ’, आयुक्त भण्डारीले भने ।

आयोगसँग भएको प्रमाण र उम्मेदवारले पेस गरेको प्रमाण मेल खाए वा पुष्टि नभए उहाँहरू कारबाहीको भागीदार उनले जानकारी दिए । ‘उहाँहरूको मनोनयन पत्र खारेज पनि हुन सक्छ’, भण्डारीले भने, ‘आयोगले आचारसंहिता पालना गर्ने सवालमा कुनै पनि कसर बाँकी राखेको छैन ।’

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

अमेरिकी मध्यावधि चुनाव– प्रारम्भिक परिणाममा डेमोक्र्याटिक पार्टीको अग्रता, ट्रम्पको रिपब्लिकनलाई धक्का

पश्चिमी वायु र अर्नब चक्रवातको असर : आज सातै प्रदेशमा भारी वर्षाको सम्भावना

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL