प्रमुख समाचार Monday, 17 Oct, 2022
Prestige Media

माओवादीले निष्कासन गर्‍यो बागी, प्रस्तावक र समर्थक

गठबन्धन दल र माओवादी उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका नेता, कार्यकर्ताले नेकपा माओवादीले निष्कासन गरेको हो

काठमाडौं– नेकपा माओवादी केन्द्रले आगामी ४ मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा गठबन्धन दलका आधिकारिक उम्मेदवारविरुद्धमा उठेका बागी उम्मेदवार, प्रस्तावक र समर्थकलाई पार्टीबाट निष्कासन गरेको छ ।पार्टीका मुख्यसचिव श्रीराम ढकालले विज्ञप्ति जारी गर्दै निर्धारित मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएका त्यस्ता उम्मेदवारलाई कारबाही गरिएको बताएका हुन् ।

बागी उम्मेदवारले पार्टी एवं गठबन्धन दलभित्रका आधिकारिक उम्मेदवारलाई विजयी गराउन सक्रिय रहने प्रतिबद्धतासहित ३१ असोज २०७९ भित्र सार्वजनिक वक्तव्य प्रकाशित गरी आफ्नो उम्मेदवारी निस्क्रिय गराए बागी उम्मेदवार तथा तिनका प्रस्तावक र समर्थकमाथि कारबाही फिर्ता लिइने जनाइएको छ ।

‘आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्वाचनमा गठबन्धन दलहरुबीच सहमति भई बनेका नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका आधिकारिक उम्मेदवार एवं गठबन्धन दलबीच सहमतिमा बनेका गठबन्धन दलका आधिकारिक उम्मेदवारविरुद्धमा पार्टी कार्यकर्ताद्वारा बागी उम्मेदवारी दिई तोकिएको मिति र समयभित्र फिर्ता नलिएका त्यस्ता बागी उम्मेदवार, तिनका प्रस्तावक र समर्थकलाई सम्पूर्ण जिम्मेवारीसहित पार्टीबाट निष्कासनको कारबाही गरिएको अवगत गराउन चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘निर्धारित मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएका त्यस्ता बागी उम्मेदवारले पार्टी एवं गठबन्धन दलभित्रका आधिकारिक उम्मेदवारलाई विजयी गराउन सक्रिय रहने प्रतिबद्धतासहित ३१ असोज २०७९ भित्र सार्वजनिक वक्तव्य प्रकाशित गरी आफ्नो उम्मेदवारी निस्क्रिय गराए त्यस्ता बागी उम्मेदवार तथा तिनका प्रस्तावक र समर्थकउपर कारबाही फिर्ता लिइने बेहोरा सबै पार्टी पंक्तिलाई जनाकारीका लागि निर्देशनअनुसार अनुरोध छ ।’

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

अमेरिकी मध्यावधि चुनाव– प्रारम्भिक परिणाममा डेमोक्र्याटिक पार्टीको अग्रता, ट्रम्पको रिपब्लिकनलाई धक्का

पश्चिमी वायु र अर्नब चक्रवातको असर : आज सातै प्रदेशमा भारी वर्षाको सम्भावना

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL