प्रमुख समाचार Monday, 17 Oct, 2022
Prestige Media

पहिचान खुल्ने परिचयपत्रका आधारमा मतदान

मतदाता नामावलीमा नाम भएका व्यक्तिले आफ्नो स्पष्ट पहिचान खुल्ने नागरिकता, सवारी चालक अनुमतिपत्र, लालपुर्जा वा कुनै पनि सरकारी कार्यालयले जारी गरेको परिचयपत्रका आधारमा मतदान गर्न पाइने

काठमाडौं– मतदाता नामावलीमा नाम भएका कुनै पनि मतदाताले आफ्नो परिचय खुल्ने परिचयपत्रका आधारमा मतदान गर्न पाउने भएका छन् ।मतदाता नामावलीमा नाम भएका व्यक्तिले आफ्नो स्पष्ट पहिचान खुल्ने नागरिकता, सवारी चालक अनुमतिपत्र, लालपुर्जा वा कुनै पनि सरकारी कार्यालयले जारी गरेको परिचयपत्रका आधारमा मतदान गर्न पाउने निर्वाचन आयोगले जनाएको छ ।

आयोगले सहरी विकासमन्त्री मेटमणि चौधरीलाई आचारसंहिता उल्लंघन गरेको आरोपमा २४ घन्टे स्पष्टीकरण सोधेको छ । बाढीपीडितको नाममा शनिबार चामल बाँडेकोप्रति ध्यानाकर्षण भएको भन्दै आइतबार आयोगले उनलाई स्पष्टीकरण सोधेको हो ।‘कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने’ भन्ने आचारसंहिताको व्यवस्था उल्लेख गर्दै स्पष्टीकरणमा भनिएको छ, ‘तपाईंले आफ्नो निर्वाचन क्षेत्रका बाढीपीडितका नाममा चामल वितरण गर्ने कार्यले आचारसंहिताको उल्लंघन हुँदैन भनी पुष्ट्याइँ गर्ने आधार के छ?’

आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलद्वारा जारी विज्ञप्तिमा निर्वाचन आचारसंहितामा ‘आयोगको पूर्वस्वीकृति लिई त्यस्ता कार्यक्रम सञ्चालन गर्न बाधा पर्ने छैन’ भन्ने व्यवस्था रहेकामा चामल वितरण गर्ने कार्य गर्दा आयोगको कुनै पूर्वसहमति प्राप्त गर्नुभएको छ’छैन भन्ने प्रश्नसमेत आयोगले गरिएको छ ।

आयोगले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवारी दिएका दल तथा उम्मेदवारले तत्काल प्रचार–प्रसारका लागि सभा, गोष्ठी, अन्तक्र्रिया वा जुलुसजस्ता कार्यक्रम गर्न नपाउने बताएको छ । आयोगमा आचारसंहितासमेत हेर्ने आयुक्त रामप्रसाद भण्डारीले मतदानको दिन आउनुभन्दा १७ दिनअघिदेखि मात्र उम्मेदवारले यस्ता कार्यक्रम गर्न पाइने बताए ।

उनका अनुसार हाललाई उम्मेदवार तथा दलहरूले घरदैलो कार्यक्रममा जाँदा पनि २५ जनाभन्दा धेरैको समूह बनाउन पाउने छैनन् । घरदैलोमा जाँदा १० बढी झन्डा प्रयोग गर्न नपाइने उनले बताए । ‘‘यदि यस्तो गरेको पाइएमा त्यस्तो कार्य आचारसंहिताविपरीत हुनेछ । दलहरूले १८ कात्तिकदेखि मात्र प्रचारप्रसारका काम गर्न पाउनेछन्’, उनले भने, ‘यो हामीले मात्र बनाएको नीति हैन, राजनीतिक दलहरूकै परामर्शमा बनेको हो ।’

घरदैलोमा जाने उम्मेदवारले बाजागाजा बजाउने, भोजभतेर गर्ने, नाचगान गर्ने काम पनि आचारसंहिताविपरीत हुनेछ । ‘हामीकहाँ आचारसंहिता उल्लंघनका यस्ता थुप्रै उजुरी परेका छन् । कतिपय उम्मेदवारले खाडीका लागि उधारो भिसासमेत बाँडिरहेको उजुरी परेको छ’, भण्डारीले भने, ‘दर्जनौंलाई स्पष्टीकरण सोध्ने तथा कारबाही प्रक्रिया सुरु गरिसकेका छौं ।’

आयोगले आचारसंहिता उल्लंघन गरे स्पष्टीकरण सोध्नुका साथै उम्मेदवारी रद्द गर्नेसम्मको कारबाही गर्न सक्ने प्रावधान छ ।प्रचारप्रसार गर्दा दल वा उम्मेदवारको चिह्न वा प्रचार हुने टिसर्ट वा कुनै पनि प्रकारको ट्याग लगाउन नपाइने भण्डारीले बताए । घरदैलो तथा भेटघाट भने गर्न पाइनेछ ।‘अहिलेको चुनावमा जित्ने उम्मेदवारहरूले भोलि नीति, नियम, कानुन बनाउने हो’, उनले भने, ‘त्यस्तो व्यक्तिले अहिलेदेखि नै निर्धारित कानुन नमाने वा मान्दिनँ भने भोलि कसरी कानुन बनाउँछन्?’

प्रत्यक्षतर्फ ४४ लाख मतपत्र छपाइ

आयोगका अनुसार निर्वाचनका लागि आइतबारसम्म ४४ लाख २१ हजार मतपत्रको छपाइ सकिएको छ । छपाइ भएकामध्ये प्रदेशसभा सदस्य निर्वाचनका लागि २१ लाख ३८ हजार र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि २२ लाख ५६ हजार मतपत्र रहेका छन् ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

अमेरिकी मध्यावधि चुनाव– प्रारम्भिक परिणाममा डेमोक्र्याटिक पार्टीको अग्रता, ट्रम्पको रिपब्लिकनलाई धक्का

पश्चिमी वायु र अर्नब चक्रवातको असर : आज सातै प्रदेशमा भारी वर्षाको सम्भावना

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL