सभापति देउवाले गठन गरे केन्द्रीय निर्वाचन परिचालन समिति
देउवाले पूर्वउपसभापति गोपालमान श्रेष्ठको संयोजकत्वमा आइतबार केन्द्रीय सदस्यसहित ११० सदस्यीय केन्द्रीय परिचालन समिति गठन गरेका हुन्
काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी ४ मंसिरमा हुने चुनावका लागि केन्द्रीय परिचालन समिति गठन गरेका छन्।देउवाले पूर्वउपसभापति गोपालमान श्रेष्ठको संयोजकत्वमा आइतबार केन्द्रीय सदस्यसहित ११० सदस्यीय केन्द्रीय परिचालन समिति गठन गरेका हुन्।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ का लागि श्रेष्ठको संयोजकत्वमा केन्द्रीय परिचालन समिति गठन गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।
पौडेलका अनुसार समितिमा गोपालमान श्रेष्ठ, रामशरण महत, प्रकाशशरण महत, उमा रेग्मी, जीपछिरिङ लामा, आनन्दप्रसाद ढुंगाना, कृष्णचन्द्र नेपाली पोखरेल, अम्बिका बस्नेत, मीनबहादुर विश्वकर्मा, ईश्वरी न्यौपाने, मिनाक्षी झा रहेका छन् ।यसैगरी सुजाता परियार, गोविन्द भट्टराई, चिनकाजी श्रेष्ठ, डिला संग्रौला, सरिता प्रसाईं, लक्ष्मी परियार, ध्यानगोविन्द रञ्जित, शिला शर्मा खड्का, कर्णबहादुर बुढा, गोपाल दहित, योगेन्द्र चौधरी सदस्य भएका छन् ।
यस्तै, कल्पना चौधरी, यज्ञराज जोशी, रमा कोइराला (पौडेल), ध्रुव वाग्ले, टेकप्रसाद गुरुङ, गेहेन्द्र गिरी, नारायणबहादुर कार्की, तारामान गुरुङ, आङगेलु शेर्पा, मधु आचार्य, मदनबहादुर अमात्य, राजीव कोइराला, अब्दुल रज्जाक, चन्द्रबहादुर के.सी., मानबहादुर नेपाली, उमेशजंग रायमाझी, अब्दुल सत्तार, जितजंग बस्नेत, नैनसिंह महर, राजीव ढुंगाना, गोविन्दबहादुर शाह, अर्जुनजंगबहादुर सिंह, महेन्द्रकुमारी लिम्बू, चन्द्रमोहन यादव, अञ्जनी श्रेष्ठ, मैकुलाल वाल्मिकी, सरस्वती बजिमय, चम्पादेवी खड्का, प्रकाश रसाइली स्नेही, मुक्ताकुमारी यादव, रंगमती शाही, मञ्जुकुमारी यादव निर्वाचन परिचालन सदस्यमा नियुक्त भएका छन् ।
कांग्रेसका अनुसार सरस्वती अर्याल तिवारी, मञ्जु खाँण, गुरु बराल, प्रतिमा गौतम, जावेदा खातुन जागा, हरिशरण नेपाली, जानकी सिंह, गोविन्दराज पोखरेल, सुशीला भट्ट मिश्र, नागिना यादव, अजयबाबु शिवाकोटी, मदनकृष्ण श्रेष्ठ, नृपबहादुर वड, कान्तिका सैजुवाल, गंगालक्ष्मी अवाल, उर्मिला नेपाल के.सी. पनि सदस्य नियुक्त भएका छन् ।
यस्तै, सुशीला थिङ, माया राई, सीताकुमारी राना, सुशीला ढकाल (आचार्य), गणेश लामा, रूपा वि.क., विद्यादेवी तिमिल्सिना, शान्ति परियार वि.क., जीवन राना, राधा घले, रुक्मिणी कोइराला, धना खतिवडा, उर्मिला थपलियालाई सदस्यमा नियुक्त गरिएको छ ।
त्यसैगरी कल्याणी रिजाल, गोमाकुमारी भट्टराई, लक्ष्मी खतिवडा, गंगा शाही, सीतादेवी देवकोटा, दिव्यमणि राजभण्डारी, उषा राउत मिश्र (अध्यक्ष, नेपाल महिला संघ), विद्धान गुरुङ (अध्यक्ष, नेपाल तरुण दल), दुजाङ शेर्पा (अध्यक्ष, नेपाल विद्यार्थी संघ), टंकप्रसाद शर्मा कँडेल (अध्यक्ष, नेपाल प्रजातन्त्र सेनानी संघ), गणेशचन्द्र तिमिल्सिना (अध्यक्ष, नेपाल किसान संघ), शम्भु हजारा पासवान (नेपाल दलित संघ), कर्णेल धनबहादुर मास्की राना (अध्यक्ष, नेपाल भूतपूर्व सैनिक संघ), ओमबहादुर घर्ती मगर, (अध्यक्ष, नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ), भोजराज श्रेष्ठ (अध्यक्ष, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ) लगायतलाई सदस्य चयन गरिएको छ ।











