प्रमुख समाचार Thursday, 13 Oct, 2022
Prestige Media

वैदेशिक रोजगारमा जाने कामदारबाट अनावश्यक शुल्क नउठाउन विभागको चेतावनी

विभागले वैदेशिक रोजगारका लागि मलेसियासहित विभिन्न खाडी मुलुक जाने कामदारबाट तोकिएभन्दा बढी शुल्क नलिन म्यानपावर कम्पनीलाई चेतावनी दिएको हो।

काठमाडौं– वैदेशिक रोजगार विभागले खाडी मुलुकसहित मलेसिया रोजगारीमा जाने नेपाली कामदारबाट अनावश्यक शुल्क नउठाउन चेतावनी दिएको छ ।

विभागले सूचना जारी गर्दै वैदेशिक रोजगारका लागि मलेसियासहित विभिन्न खाडी मुलुक जाने कामदारबाट विज्ञापनमा उल्लिखित सर्त विपरीत रकम असुलिएको देखिएकाले कारबाहीको चेतावनी दिएको हो ।वैदेशिक रोजगारमा जाने कामदारलाई अनुचित लागतको बोझबाट मुक्त गर्ने उद्देश्यसहित फ्री भिसा, फ्री–टिकटको निर्णय लागू गरिए पनि म्यानपावर व्यवसायीले कार्यान्वयन नगरेको विभागले बताएको छ ।

विभागका निर्देशक कृष्णप्रसाद भुसालले जारी गरेको सूचनामा वैदेशिक रोजगारीका लागि खुला गरिएका देशमध्ये मलेसिया तथा खाडी मुलुकबाट कामदार माग भई सम्बन्धित देशमा रहेका नेपाली कूटनीतिक नियोगबाट मागपत्र प्रमाणित हुँदाका बखत फ्री भिसा, फ्री टिकटलगायत अन्य शुल्क रोजगारदाताले बेहोर्ने भनी विवरण खुलाई सम्बन्धित म्यानपावर संस्थाले कामदार छनोटका लागि पूर्वस्वीकृतिपछिका विज्ञापनमा निःशुल्क भिसा, निःशुल्क हवाई टिकट र निःशुल्क स्वास्थ्य परीक्षण तथा कुनै पनि शुल्क नलाग्ने विज्ञापन गरे पनि कामदारबाट रकम असुल्दै आएको उल्लेख छ ।

सोही आधारमा नगरेको पाइएमा वैदेशिक रोजगार ऐन, २०६४ र नियमावली, २०६४ अनुसार कारबाही गर्ने विभागको चेतावनी छ ।
कामदार छनोट पक्षपात र अनुचित रकम असुली गरिएको विषय सार्वजनिक सञ्चार माध्यममा आएकाले विज्ञापनमा उल्लेख भएअनुसार कामदार छनोट गर्न विभागले सचेत गराएको छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

अमेरिकी मध्यावधि चुनाव– प्रारम्भिक परिणाममा डेमोक्र्याटिक पार्टीको अग्रता, ट्रम्पको रिपब्लिकनलाई धक्का

पश्चिमी वायु र अर्नब चक्रवातको असर : आज सातै प्रदेशमा भारी वर्षाको सम्भावना

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL