प्रमुख समाचार
Thursday, 13 Oct, 2022
प्रतिनिधिसभामा ११९ र प्रदेशसभामा २५७ जनाको उम्मेदवारी फिर्ता
प्रतिनिधिसभामा २ हजार ४१२ र प्रदेशसभातर्फ ३ हजार २२४ जनाको उम्मेदवारी कायम
काठमाडौं– आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएकामध्ये ३७६ जनाले फिर्ता लिएको निर्वाचन आयोगले बताएको छ ।
आयोगका अनुसार प्रतिनिधिसभामा ११९ सहित प्रदेशसभामा २५७ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।आयोगको पछिल्लो तथ्यांकअनुसार अब प्रतिनिधिसभामा कुल २ हजार ४१२ र प्रदेशसभातर्फ ३ हजार २२४ जनाको उम्मेदवारी कायम भएको छ ।
यसअघि प्रतिनिधि सभातर्फ २ हजार ५२६ जनाको उम्मेदवारी दर्ता भएको थियो भने प्रदेशतर्फ ३ हजार ४७६ जनाको उम्मेदवारी परेको थियो ।
आइतबार मनोनयन दर्ता गराउने समयावधि दिएको आयोगले बुधबार दिँउसोसम्म उम्मेदवारी फिर्ता लिने समयावधि तोकेको थियो ।







