प्रमुख समाचार
Wednesday, 12 Oct, 2022
रेशम चौधरीको उम्मेदवारी खारेज
चौधरीले बर्दिया–२ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका थिए।
काठमाडौं– निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीको उम्मेदवारी खारेज गरेको छ । चौधरीले बर्दिया–२ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका थिए।
यसअघि सोही पार्टीबाट कैलाली–५ मा उम्मेदवारी दिएका लक्ष्मण थारुको उम्मेदवारी पनि खारेज भएको थियो।
७ भदौ २०७२ मा सुरक्षाकर्मीसहित ९ जनाको ज्यान जाने गरी कैलालीको टीकापुरमा भएको घटनामा चौधरीलाई कैलाली जिल्ला अदालतले जन्मकैद र थारुलाई ३ वर्ष कैदको सजाय सुनाएको थियो। थारु फरार छन् भने चौधरी डिल्लीबजार कारागारमा छन्।







