प्रमुख समाचार Sunday, 2 Oct, 2022
Prestige Media

काठमाडौं महानगरले डेढ महिनामै भत्कायो १३५ अवैध संरचना

डेढ महिनामा ५६ स्थानका १३५ संरचना भत्काइएको महानगरको विवरण
काठमाडौं– काठमाडौं महानगरले डेढ महिनामा १३५ संरचना भत्काएको छ ।६ भदौदेखि अवैध रूपमा बनाइएका १३५ संरचना भत्काइएको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए ।
‘धेरै–थोरैको कुरा छैन। यस अवधिमा कुनै न कुनै रूपमा सार्वजनिक जग्गा प्रयोग गर्नेको संख्या बढी पाइएको छ,’ उनले भने ।सार्वजनिक जग्गा मिच्ने क्रममा फुटपाथ प्रयोग, पर्खाल निर्माण, सार्वजनिक जग्गामा टहरा निर्माणजस्ता कार्य गरिएको फेला परेको उनको भनाइ छ ।
गत १ साउनमा जारी गरिएको ३५ दिने सूचनाको बेवास्ता गरेपछि महानगरले डोजर प्रयोग गरी भत्काउने काम सुरु गरेको उनले बताए ।
डेढ महिनामा ५६ स्थानका १३५ संरचना भत्काइएको महानगरले जनाएको छ । यसरी भत्काइएका संरचनाअन्तर्गत हालसम्म सबैभन्दा बढी बानेश्वर र नयाँ बसपार्क क्षेत्रमा भत्काएका छन् ।
महानगरले १९ स्थानका बेसमेन्ट तथा जमिन तलाको व्यावसायिक प्रयोजन हटाएर पार्किङका लागि खाली गराएको छ ।
२० ठाउँका मापदण्डविपरीत निर्माण गरिएका अनधिकृत संरचना हटाएको छ ।
नक्सा पास नभई निर्माण भएका र नक्साअनुसार निर्माण भए पनि सोहीअनुसार प्रयोग नगरिएका र सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका सबै संरचना अवैध ठहर गर्दै महानगरले उक्त संरचनामा डोजर लगाएर भत्काउन थालेको हो ।
बेसमेन्ट तथा जमिन तलालाई पार्किङका रुपमा खाली गराइएका ठाउँमध्ये वडा–१ दरबारमार्गमा दुई वटा भवन छन् ।
यि नेपाल ट्रस्ट र दरबार मलको भूमिगत तला हुन् । वडा–१४ कलंकीमा रहेको स्मार्ट तारा हाउसको भूमिगत तलामा रहेको कपडा पसल र एभरेष्ट गेस्टहाउसको भूमिगत तलामा रहेको खाजा घर पनि हटाउने काम गरिएको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए ।
वडा–२६ स्थित सामाखुसीमा रहेको पुरानो अल नेपाल अस्पताल र खड्का भवन तथा रानीबारीमा रहेको सेञ्चुरी बैंक परिसरभित्र रहेका अनधिकृत पसल हटाइएका छन् ।
वडा–१० बानेश्वरमा पर्ने पाँच जनाको स्वामित्व रहेको बानेश्वर प्लाजाको ई ब्लकमा भएको संरचना हटाएर पाँचवटै घरको पार्किङ बनाउने काम भएको छ ।
वडा–२२ सुन्धारास्थित काठमाडौं मलको भुइँ तलामा रहेको सटर हटाएर पार्किङका लागि खाली गरिएको छ । यही वडामा रहेको आरबी कम्प्लेक्स परिसरमा रहेका अनधिकृत टहरा हटाइएको छ ।
वडा–२४ मा पर्ने सुरज आर्केट र कासा भवनको भुइँतला खाली गराइएको छ। वडा–५ क्षेत्रका सार्वजनिक ठाउँमा बनाइएका संरचना हटाइएको छ। वडा–८ पाशुपत क्षेत्र सडक पेटीमा रहेको अनाधिकृत संरचना, ओभरल्यापिङ र विज्ञापनमूलक सामग्री हटाइएको छ ।
त्यस्तै, वडा–१० को देउराली क्लब वरिपरि सडक पेटीमा राखिएका निर्माण सामग्री हटाइएको छ ।
वडा–१६ को ढुंगेधारा, वडा–१७ को धोबीचौर, वडा–२४ को सुरज आर्केड अगाडिको सिँढी हटाइएको छ । वडा–१६ कै माछापोखरी नापतौल कार्यालय अगाडि र महादेव खोला किनारमा सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका अस्थायी गरेर ४३ वटा संरचना हटाइएको छ ।
वडा–२४, २५ र २७ सँग जोडिएका असन, इन्द्रचोक, वडा–२४ को मखनदेखि विशाल बजारतर्फ आउने गल्लीका, वडा–२५ मा रहेका सन्तानेश्वर भवानी शंकर मन्दिर, उमाशंकर मन्दिर र सडक पेटीमा अतिक्रमण गरेर राखिएका संरचना हटाइएको छ ।
यस्तै, काठमाडौंं महानगरपालिकाले दसैंमा पनि अवैध संरचना भत्काउने काम नरोक्ने भएको छ ।
अवैध रूपमा निर्माण भएका भनिएका संरचना भत्काउने काम नरोक्ने महानगरका प्रहरी निरीक्षक धर्मराज भण्डारीले बताए ।
यसरी अवैध संरचना हटेसँगै पार्किङको समस्या २५ प्रतिशतले कम भएको महानगरले जनाएको छ ।
हाल बेसमेन्ट र अन्डरग्राउन्ट पार्किङ राख्ने सर्तमा कर छुट लिइरहेका ३५ वटा भवन छन्। ती सबै किसिमका संरचनालाई कानुनी दायरामा ल्याउने तयारी छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

अमेरिकी मध्यावधि चुनाव– प्रारम्भिक परिणाममा डेमोक्र्याटिक पार्टीको अग्रता, ट्रम्पको रिपब्लिकनलाई धक्का

पश्चिमी वायु र अर्नब चक्रवातको असर : आज सातै प्रदेशमा भारी वर्षाको सम्भावना

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL