प्रमुख समाचार
Thursday, 29 Sep, 2022
उम्मेदवारी टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै
बैठकमा आगामी चुनावको तयारी, टिकट वितरणलगायतबारे छलफल गर्ने कार्यसूची तय
काठमाडौं– नेकपा एमालेको सचिवालय बैठक बिहीबार बस्दै छ। बैठक अपराह्न ३ बजे अध्यक्ष केपी ओलीको निवास बालकोटमा बस्ने भएको हो ।
बैठकमा आगामी चुनावको तयारी, टिकट वितरणलगायतबारे छलफल गर्ने कार्यसूची तय गरिएको छ ।एमालेमा प्रत्यक्ष तर्फका उमेदवारका लागि तल्ला कमिटीले सिफारिस गरिसकेका छन् । यसअघि बसेको केन्द्रीय कमिटी बैठकले उम्मेदवार छान्ने जिम्मेवारी सचिवालयलाई दिएको थियो ।







