Breaking News
Thursday, 29 Sep, 2022
शेखर कोइरालाले आयोजना गरे चियापान
कांग्रेसभित्र संस्थापन पक्ष शेरबहादुर देउवालाई टक्कर दिने गरी शेखर कोइराला पक्षले आयोजना गर्यो चियापान
काठमाडौं–नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले काठमाडौंको बत्तीसपुतलीस्थित पार्टी प्यालेसमा चियापान कार्यक्रम आयोजना गरेका छन् ।

बिहीबार बिहानको चियापान कार्यक्रममा शेखरसँगै उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापालगायत सहभागी छन् यसअघि शेखर कोइराला पक्षले पार्टीलाई खबरदारी गर्न भन्दै पार्टी कार्यालय सानेपामा आयोजना गरेको धर्ना कार्यक्रममा सहभागी नभएका नेताहरु आजको चियापान कार्यक्रममा सहभागी छन् ।
चियापानको यो कार्यक्रमलाई पनि शेखर पक्षले खबरदारीकै निरन्तरता भनेको छ ।







