Breaking News Tuesday, 27 Sep, 2022
Prestige Media

काठमाडौं महानगरमा उपमेयर डंगोलको नेतृत्वमा बजार अनुगमन

महानगरको टोलीले तीन समूह परिचालन गरी बजार अनुगमन सुरु गरेको हो।

काठमाडौं– काठमाडौं महानगरले उपमेयर सुनिता डंगोलको नेतृत्वमा मंगलबारदेखि चाडपर्वलक्षित बजार अनुगमन सुरु गरेको छ । महानगरको टोलीले तीन समूह परिचालन गरी बजार अनुगमन सुरु गरेको हो ।

मंगलबार प्रदर्शनी मार्ग, टुकुचा, खसी बजारलगायत क्षेत्रमा महानगरको टोलीले बजार अनुगमन गरेको छ ।संघ तथा प्रदेश कार्यालयका प्रतिनिधि सहभागी टोलीले सुलभ पसल, तरकारी बजार, माछा मासु, दुग्ध पदार्थ, डिपार्टमेन्ट स्टोरलगायतमा अनुगमन गरेको हो । उपेमयर डंगोलका अनुसार महानगरले भाटभटेनी सुपर मार्केटमा पनि अनुगमन गरेको छ ।

‘कुनै पनि पसलमा सामान किन्न जाँदा उपभोक्ताले ठगिएको महसुस गरे वा अखाद्य वस्तु बिक्री गरिरहेको भेटिए महानगरको हटलाइन ११८० र १६६००१०५५११ मा खबर गर्न आग्रह गर्दछौं,’ डंगोलले भनिन्, ‘हामी यो अनुगमनलाई दसैंअघि र पछि पनि निरन्तरता दिन्छौं ।’

टुकुचास्थित प्रदर्शनीमार्गमा रहेको तरकारी र फलफूल बजार र वरपरका पसलमा अनुगमन गरिएको बताइन् ।उपमेयर डंगोलले अनुगमनका क्रममा केही पसलमा बिक्रीका लागि राखिएका प्याकेजिङमा उत्पादन मिति प्रस्टसँग नलेखिएको र हातले पुछ्दा सहजै मेटिने भेटिएको जानकारी दिइन्।

बजार अनुगमनका क्रममा खाद्यन्नलगायतको मूल्यसूची नियमित ‘अपडेट’ गर्न सुझाइएको उनको भनाइ छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

९९ रनमा कुशलको विकेट लिएपछि के भने काठमाडौंका कप्तान करणले?

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

तिहार पर्व सुरु, आज धनतेरस

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL