प्रदेशतर्फको समानुपातिक मतपत्र छपाइ सकियो
आयोगले समानुपातिकतर्फको २ करोड १ लाख मतपत्र छपाइको काम सकिएको बताएको हो ।
काठमाडौं– निर्वाचन आयोगले प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फको मतपत्र छपाइको सकेको छ ।२ करोड १ लाख मतपत्र छपाइको काम सकिएको आयोगले बताएको हो ।
अब प्रतिनिधिसभातर्फ समानुपातिक मतपत्र छपाइ जारी राखिएको छ। जनक शिक्षा सामग्री केन्द्रको छापाखानामा मतपत्र छपाइ गरिएको हो ।
आयोगले करिब ४ करोड मतपत्र छपाइ गर्दै छ । अहिलेसम्म प्रतिनिधि सभातर्फ करिब ६० लाख ६५ हजार मतपत्र छपाइ गरिसकिएको छ ।
२५ असोजभित्र यो काम सक्ने गरी मतपत्र छपाइलाई जारी राखिएको ती आयुक्त बताउँछन् ।
२३ असोजमा आयोगले प्रत्यक्षतर्फ उम्मेदवारको मनोनयन गर्दै छ ।आयोगले समानुपातिकतर्फ २–३ असोजमा दलहरूलाई बन्दसूची बुझाउन समय दिँदा ४८ दलले बन्दसूची बुझाएका थिए । अहिले दललाई आवश्यक संशोधन गर्न समय दिइएको छ ।
४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा चुनाव हुँदै छ ।








