Breaking News Tuesday, 27 Sep, 2022
Prestige Media

रवीन्द्र मिश्रले छाडे विवेकशील साझा

मिश्रले राप्रपा प्रवेशको तयारी गरेका छन्।

काठमाडौं– रवीन्द्र मिश्रले विवेकशील साझा पार्टीबाट राजीनामा दिएका छन् । मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गर्दै छन्।सोमबार मिश्रले विवेकशील साझाकी अध्यक्ष समीक्षा बास्कोटालाई राजीनामा पत्र लेख्दै आफूले पार्टीको साधारण सदस्यबाट राजीनामा दिएको बताएका हुन् ।

उनले सोमबार राती ९ बजे सामाजिक सन्जालमा लेख्दै पार्टी अध्यक्षसमक्ष राजीनामापत्र पेस गरेको जानकारी दिएका हुन् ।


यस्तो छ, मिश्रको राजीनामा पत्र


समीक्षा बास्कोटा
अध्यक्ष, विवेकशील साझा पार्टी

विषय ः पार्टीको साधारण सदस्यबाट राजीनामा
केन्द्रीय कार्यालय, बखुन्डोल
झन्डै एक वर्षदेखि नेपालमा बृहत् र विश्वासिलो ‘नरम सम्वद्र्धनवादी (मडरेट कन्जरभेटिभ)’ राष्ट्रवादी शक्तिको निर्माणका लागि म राजनीतिक ध्रुवीकरणको प्रयासमा लागेको यहाँलाई विदितै छ । अन्ततोगत्वा सो प्रयासको पहिलो महत्त्वपूर्ण पाइलाले मूर्त रूप लिने देखिएको छ । त्यसका लागि मैले पार्टी नै परिवर्तन गर्नुपर्ने भएकाले आजकै मितिदेखि लागू हुने गरी विवेकशील साझा पार्टीको साधारण सदस्यबाट राजीनामा दिएको जानकारी गराउन चाहन्छु ।
यो मेरा लागि जीवनकै एउटा सबैभन्दा कठिनतम निर्णय हो । लामो गृहकार्यपछि आफैंले नेतृत्व गरेको साझा, र पछि, विवेकशील साझा पार्टीलाई, मार्ग परिवर्तन गरेर, फरक दृष्टिकोण बोक्ने साथीहरूको जिम्मा लगाउँदै ‘घर’ छाडेर हिँड्नु निश्चय पनि सहज विषय होइन । राजनीति र पार्टीको प्रधान उद्देश्य राष्ट्र हित हो । सो परिप्रेक्ष्यमा गत पाँच वर्षमा मैले यो देशका लागि जे अत्यावश्यक छ भन्ने सम्झिएँ, त्यो विश्वासलाई मार्नु उचित नहुने ठानें। मेरो मार्ग परिवर्तन र राजीनामा त्यसैको परिणाम हो ।
नेपाली राजनीतिमा, अब दुई ध्रुवमा, तीनवटा प्रमुख पार्टी रहनेछन्। ‘बायाँ ध्रुव’ मा नेपाली कांग्रेस र नेकपा एमाले रहनेछन्, जसको प्रणालीगत दृष्टिकोणमा समानता रहे पनि कार्यनीतिमा केही अन्तर हुनेछ । यी दुईको बीचमा केही वर्ष माओवादी पेन्डुलमझैं कहिले यता, कहिले उता गरिरहनेछ। तर समयक्रममा त्यो कि साँघुरिँदै जानेछ कि राजनीतिबाटै हराउनेछ ।
नेपाली कांग्रेस र एमालेको विपरीत ‘दायाँ ध्रुव’मा ‘नरम सम्वर्द्धनवादी (मडरेट कन्जरभेटिभ)’ शक्ति रहनेछ, जो राजनीतिक–सामाजिक रूपमा नरम सम्वद्र्धनवादी र अर्थ–राजनीतिक रूपमा उदार तर कल्याणकारी हुनेछ । अर्थात्, त्यसले तुलनात्मक रूपमा उदार अर्थतन्त्रभित्र निःशुल्क र गुणस्तरीय सार्वजनिक शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाजस्ता विषयलाई जोडदार रूपमा उठाउनेछ र अंगीकार गर्नेछ । यो देशको दूरगामी हित र रुपान्तरणका लागि सोही नरम सम्वद्र्धनवादी शक्ति निर्माण गर्न मैले आफू पनि संलग्न भएर बनाएको घरभन्दा माथि देशलाई राखेको हुँ ।
जो मेरो धारणासँग सहमत हुनुहुन्न र जसले मेरो मार्ग परिवर्तनबाट पीडा, अन्योल र असहजता महसुस गर्नुभएको छ, म उहाँहरूको भावना बुझ्न सक्छु र उहाँहरूसँग हृदयदेखि क्षमायाचना गर्न चाहन्छु । वैचारिक रूपमा मसँग सहमत नहुने तिनै साथीहरूलाई अघि बढ्न सहज होस् भन्नकै लागि मैले यसबीच वैधानिक रूपमा पार्टी जोगाउन सकेको भूमिका निर्वाह गरेको हुँ। ममा आएको परिवर्तनका कारण हाम्रा दृष्टिकोणमा अन्तर रहे पनि र हामी फरक पार्टीमा भए पनि, तपाईंहरूप्रतिको मेरो भावना, स्नेह र सम्मानका कुनै कमी आउने छैन।
साझा र विवेकशील साझा पार्टीको निर्माणका क्रममा पार्टीभित्र र बाहिरबाट मलाई निः स्वार्थ सहयोग गर्नुहुने र सद्भाव राख्नुहुने सबैप्रति मैले जति आभार प्रकट गरे पनि अपर्याप्त हुन्छ । म सबैलाई के विश्वास दिलाउन चाहन्छु भने मैले पछिल्लो समय लिएका कठिन निर्णयहरू देशलाई नै शिरमा राखेर लिएको हुँ । मेरो निर्णयले परिणाम दिएन भने त्यो दोषको भागिदार अरू कोही नभएर म हुनेछु । परिणाम दियो भने, त्यसको सम्पूर्ण श्रेय शुभेच्छुक र सहयात्रीहरूमा जानेछ ।
यसै अवसरमा, विश्वासिलो, बलियो र रुपान्तरणकारी नरम सम्वर्द्धनवादी शक्ति निर्माणका लागि समान सोच र आस्था भएका सबै व्यक्ति, समूह र पार्टीहरूलाई एकवद्ध हुन पनि म विनम्र आग्रह गर्न चाहन्छु ।
रवीन्द्र मिश्र
सदस्य÷निवर्तमान अध्यक्ष, विवेकशील साझा पार्टी

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

९९ रनमा कुशलको विकेट लिएपछि के भने काठमाडौंका कप्तान करणले?

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

तिहार पर्व सुरु, आज धनतेरस

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL