Breaking News
Friday, 23 Sep, 2022
अनामनगरका अवैध संरचनामा चल्यो महानगरको डोजर
महानगरले केही सातादेखि अवैध संरचना हटाउन डोजर चलाउँदै आएको छ।
काठमाडौं–काठमाडौं महानगरपालिकाले अनामनगर तथा धोबीखोला नदी किनार क्षेत्रमा बनेका अवैध संरचना भत्काउन थालेको छ । शुक्रबार महानगरको डोजरले अनामनगर क्षेत्रका अवैध संरचना हटाउन सुरु गरेको हो ।

महानगरले अनामनगरको अक्सिडेन्टल पब्लिक स्कुलले बनाएको अवैध संरचना भत्काएको छ । नक्सा विपरीत बनेका पर्खालमा महानगरपालिकाले डोजर चलाएको छ ।
महानगरले केही सातादेखि अवैध संरचना हटाउन डोजर चलाउँदै आएको छ । सडक सीमा मिचेर बनाइएका अग्ला पर्खाल पनि महानगरले भत्काउन थालेको छ ।







