Breaking News
Thursday, 22 Sep, 2022
राष्ट्रपति भण्डारीविरुद्ध सर्वोच्च अदालतमा रिट
संविधानअनुसार नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपतिविरुद्ध सर्वोचमा बिहीबार रिट परेको हो ।
काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । संविधानअनुसार नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपतिविरुद्ध सर्वोचमा बिहीबार रिट परेको हो ।
संघीय संसद्का दुवै सदनले दोस्रो पटक पारित गरेर प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयक अस्वीकार गरेर राष्ट्रपति भण्डारीले ‘संसदीय सर्वोच्चता र संविधानको ठाडो उल्लंघन’ गरेको भन्दै अधिवक्त सुनिलरञ्जन सिंहलगायतले सर्वोच्चमा रिट हालेका हुन् ।
अदालतका प्रवक्ता विमल पौडेलका अनुसार रिट दर्ताको प्रक्रियामा छ । उनले यस्तै अरू रिट पनि परेको बताए ।







