Breaking News
Wednesday, 21 Sep, 2022
राष्ट्रपतिको कदमबारे छलफल गर्न बालुवाटार बोलाइयो कानुनविद्
राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि कानुनी परामर्श लिन प्रधानमन्त्री शेरबहादुर देउवाले कानुनविद्लाई बोलाएका हुन्।
काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि कानुनी परामर्श लिन बालुवाटारमा कानुनविद्हरूलाई बोलाएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो साढे ३ बजे कानुनविद्लाई बोलाइएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले बताएका हुन् ।
प्रधानमन्त्री देउवाले करिब २० जना कानुनविद्सँग राष्ट्रपतिको कदमबारे सुझाव लिनेछन् ।
यसअघि सत्तारुढ गठबन्धनमा रहेका चार राजनीतिक दलले संयुक्त विज्ञप्ति जारी गरी नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति भण्डारीको कदमले संवैधानिक व्यवस्थामाथि नै प्रहार गरेको बताइसकेको छ ।







