Breaking News
Wednesday, 21 Sep, 2022
३५ दिनभित्र अनधिकृत संरचना हटाउन ललितपुर महानगरको निर्देशन
महानगरले सार्वजनिक सूचना जारी गर्दै नक्सा स्वीकृत नगरी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन निर्देशन दिएको हो।
काठमाडौं– ललितपुर महानगरले अनधिकृत रुपमा निर्माण गरिएका संरचना ३५ दिनभित्र हटाउन निर्देशन दिएको छ ।
महानगरले ५ असोजमा सार्वजनिक सूचना जारी गर्दै नक्सा स्वीकृत नगरी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन निर्देशन दिएको हो । तोकिएको समयभित्र नहटाए कानुनबमोजिम कारबाही गर्ने महानगरको चेतावनी छ ।
नक्सा स्वीकृतिबिना, मापदण्ड विपरीत निर्माण भएका संरचना, सार्वजनिक जग्गा, सडक, फुटपाथ, चोक, पेटी अतिक्रमण गरी निर्माण भएका स्लोप, टप, ¥याम्प, सिंढीलगायत संरचना हटाउनुपर्ने, नक्सा स्वीकृत गर्दा पार्किङ प्रयोजन खुलाई स्वीकृति लिए पनि अन्य प्रयोजनमा प्रयोग भए हटाउनुपर्नेछ ।







