प्रमुख समाचार
Tuesday, 20 Sep, 2022
सिट बाँडफाँटको सकस टुंग्याउन बालुवाटारमा गठबन्धनका शीर्ष नेताको बैठक
बिहान १० बजेदेखि बसेको बैठकले प्रतिनिधिसभा र प्रदेशसभामा सिट बाँडफाँटलाई टुंगोमा पु¥याउने छलफल गर्नेछ।
काठमाडौं– सत्तारुढ पाँच दलका शीर्ष नेतासहित सिट बाँडफाँडका लागि बनेको कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।
बिहान १० बजेदेखि बसेको बैठकले प्रतिनिधिसभा र प्रदेशसभामा सिट बाँडफाँटलाई टुंगोमा पु¥याउने छलफल गर्नेछ ।
समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची बुझाएपछि गठबन्धनले छलफल अगाडि बढाएको हो । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा प्रत्यक्षतर्फ उम्मेदवारीका लागि आपसमा सिट बाँडफाँट गर्न सत्ता गठबन्धनका दलबीच निरन्तर छलफल भइरहे पनि अहिलेसम्म टुंगोमा पुगेको छैन ।







