प्रमुख समाचार
Monday, 19 Sep, 2022
शीतलनिवासले गर्यो भ्रामक समाचार सम्प्रेषण नगर्न आग्रह
राष्ट्रपति विद्या भण्डारीबाट भए÷गरेका काम–कारबाही विज्ञप्तिमार्फत जानकारी गराइँदै आएको शीतलनिवासले बताएको हो।
काठमाडौं– राष्ट्रपति कार्यालयले शीतलनिवासले राष्ट्रपति विद्यादेवी भण्डारीलाई जोडेर विभिन्न भ्रामक समाचार सम्प्रेषण गरिएको जनाएको छ ।
राष्ट्रपति कार्यालयले राष्ट्रपतिको कार्यालयबाट भए÷गरेका काम–कारबाही नियमित रूपमा विज्ञप्तिमार्फत जानकारी गराउँदै आएको बताएको छ ।
‘कार्यालय र सम्माननीय राष्ट्रपतिलाई जोडेर विभिन्न किसिमका भ्रामक समाचार प्रकाशन भइरहेकाले आधिकारिक व्यक्तिसँग बुझी यथार्थ समाचार प्रकाशन र प्रसारण गरिदिनुहुन अनुरोध छ,’ प्रवक्ता सागर आचार्यले जारी गरकेो विज्ञप्तिमा उल्लेख छ ।
संसद्को दुवै सदनबाट पारित नागरिकता विधेयक राष्ट्रपतिले अड्काएर राखेको भन्दै विभिन्न आशंका जन्मिरहेका बेला राष्ट्रपति कार्यालयबाट यस्तो बताएको हो ।







