प्रमुख समाचार
Friday, 9 Sep, 2022
बेलायती दूतावास पुगिन् राष्ट्रपति भण्डारी
राष्ट्रपति भण्डारीले लैनचौरमा रहेको नेपालस्थित बेलायती दूतावास पुगेर शोकपुस्तिकामा गरिन् हस्ताक्षर
काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायती महारानी एलिजावेथ द्वितीयको निधनप्रति दुःख व्यक्त गरेकी छन् ।लैनचौरमा रहेको नेपालस्थित बेलायती दूतावास पुगेर उनले त्यहाँ राखिएको शोकपुस्तिकामा हस्ताक्षर गरिन् ।

राष्ट्रपति भण्डारीले नेपालका लागि बेलायती राजदूत निकोला पोलिटसँग कुरा गर्दै महारानीको निधनबाट नेपालले एक असल मित्र गुमाएको जनाउँदै श्रद्धाञ्जली व्यक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
एलिजावेथ द्वितीयको निधनपछि काठमाडौंस्थित बेलायती दूतावासले झन्डा झुकाएको छ भने दूतावासमा शोक–पुस्तिका राखेको छ ।







