Breaking News Friday, 9 Sep, 2022
Prestige Media

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण राजीनामा दिनुपर्छ :प्रचण्ड

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्नैपर्ने प्रचण्डको अड्डी

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद्को दुवै सदनबाट दोस्रो पटक पारित भई प्रमाणीकरणका लागि शीतलनिवास पुगेको नागरिकता विधेयक राष्ट्रपतिले पारित गर्नैपर्ने बताएका छन् ।

कास्कीको पोखरा पुगेका अध्यक्ष प्रचण्डले शुक्रबार पत्रकारसँगको भेटमा यस्तो बताएका हुन् ।राष्ट्रपतिले दोस्रो पटक पनि नागरिकता विधेयक पारित नगरे दुई विकल्पमा सरकार अगाडि बढ्ने उनले जानकारी दिए । उनले भने, ‘पहिलो, यो विषय अदालतमा जान्छ । दोस्रो, राष्ट्रपतिले राजीनामा दिनुपर्ने स्थिति आउन सक्छ ।’

केही दिनअघि राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्दा दोस्रो पटक पनि नागरिकता विधेयक पारित भएन भने राजीनामा दिनुपर्ने अवस्था आउने आफूले राष्ट्रपतिलाई बताएको प्रचण्डले सुनाए ।

उनले भने, ‘दोस्रो पटक संविधानले कुनै ठाउँ दिएको छैन । त्यस कारण राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्नुहुन्छ भन्ने लाग्छ,’ उनले भने ।केही दिनअगाडि राष्ट्रपतिसँग भेट गर्दा यसलाई राजनीतिक विषय बनाउने सम्भावना देखेकाले प्रमाणीकरण गर्ने सम्भावना पनि नरहेको उनको धारणा छ । त्यसो भयो यो विषय अदालतमा जाने उनले चेतावनी दिए ।

राष्ट्रपतिले गत १५ भदौमा शीतलनिवासमा प्रचण्डसँग नागरिकता विधेयकका विषयमा कुराकानी गरेकी थिइन् ।संसद्को दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पुगेको नागरिकता विधेयक राष्ट्रपतिले सन्देशसहित पुनः संसद्मा फिर्ता गरेकी थिइन् । उक्त विधेयक प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पुनः पारित भई सभामुखले प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइसकेका छन् ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

९९ रनमा कुशलको विकेट लिएपछि के भने काठमाडौंका कप्तान करणले?

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

तिहार पर्व सुरु, आज धनतेरस

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL