प्रमुख समाचार
Thursday, 8 Sep, 2022
विश्वप्रकाशले पाए कांग्रेसको चुनावी घोषणापत्र बनाउने जिम्मा
सभापति शेरबहादुर देउवाले बुधबार महामन्त्री शर्मालाई प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको घोषणापत्र तयारी समिति संयोजकको जिम्मेवारीमा मनोनीत गरेका हुन्।
काठमाडौं– नेपाली कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्मालाई चुनावी घोषणापत्र बनाउने संयोजक तोकेको छ ।
सभापति शेरबहादुर देउवाले बुधबार महामन्त्री शर्मालाई प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको घोषणापत्र तयारी समिति संयोजकको जिम्मेवारीमा मनोनीत गरेका हुन् ।
४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदै छ ।पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले महामन्त्री शर्मालाई सभापति देउवाले घोषणापत्र तयारी समिति संयोजक मनोनीत गरेको बताए ।
गत वैशाखमा भएको स्थानीय चुनावमा महामन्त्री गगन थापाको नेतृत्वमा कांग्रेसले घोषणापत्र लेखेको थियो ।







