हलिउड अभिनेता मोर्गन फ्रिम्यानले सम्झिए नेपालको दसैँ
तीन वर्षअघि टेलिभिजन शो ‘स्टोरी अफ गड’ छायांकनका लागि नेपालमा आएका चर्चित हलिउड अभिनेता मोर्गन फ्रिम्यानले नेपालको दसैँलाई सम्झेका छन् । नेपाल घुमघामको बेला नेपाली ढाकाटोपी लगाएर फोटो खिचाएको, आतिथ्यता दर्शाएको र पिङ खेलेका तस्वीर सेयर गर्दै उनले मर्मस्पर्शी स्टाटस पनि लेखेका छन् ।

उनले आफ्नो ट्वीटर अकाउन्टमा पिङ खेलेको र काल भैरवसहितको चारवटा तस्बिर पोस्ट गर्दै स्टोरी अफ गड सिरिजको सुटिङका लागि काठमाडौँको भ्रमणलाई कहिल्यै बिर्सन नसक्ने पनि बताएका छन् । उनले लेखेका छन्, ‘स्टोरी अफ गडको सुटिङका लागि काठमाडौँ गएको थियो । म यो क्षण कहिल्यै पनि बिर्सन सक्दिनँ । दसैँको परम्परामा पूर्ण रुपमा डुब्दा मलाई जति पनि माया देखाइयो त्यसका लागिसमेत म कृतज्ञ छु ।’

८५ वर्षीय अभिनेता फ्रिम्यानले फिल्म ‘इन्भिक्ट्स’मा लोकप्रिय दक्षिण अफ्रिकी नेता नेल्सन मण्डेलको भूमिका निर्वाह गरेका थिए ।नेसनल जोग्राफिकको उक्त शोको छायांकनका लागि फ्रिम्यानसहितको टोली सन् २०१८ मा काठमाडौँ आएका थिए ।







