प्रमुख समाचार Wednesday, 7 Sep, 2022
Prestige Media

छापिँदै ८ करोड मतपत्र

निर्वाचन आयोगले समानुपातिकतर्फ ४ करोड र प्रत्यक्षतर्फ ४ करोड मतपत्र छपाइ गर्ने भएको हो

काठमाडौं– निर्वाचन आयोगले आगामी ४ मंसिरको प्रदेशसभा तथा संघीय निर्वाचनका लागि मतपत्र छाप्न थालेको छ । आगामी निर्वाचनका लागि आयोगले समानुपातिकतर्फको नमुना मतपत्र छपाइ थालेको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले दुई दिनभित्र नमुना मतपत्र छपाइ सकेर समानुपातिकको मतपत्र छाप्न सुरु हुने जानकारी दिए ।
आयोगको आन्तरिक कार्यतालिकाबमोजिम २० भदौदेखि मतपत्र छपाइ सुरु हुनुपर्नेमा तयारी नपुग्दा एक दिनपछि छाप्न सुरु भएको हो ।
पहिलो चरणमा आयोगले निर्वाचन शिक्षा कार्यक्रमका लागि ६ लाख मतपत्र छापिनेछ। आमनिर्वाचनका लागि आवश्यक सबै मतपत्र भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा छापिने आयोगले बताएको छ । जनक शिक्षा सामग्री केन्द्रका अनुसार मंगलबार ४ बजेदेखि मतपत्र छाप्न सुरु भएको हो ।

जनक शिक्षा सामग्रीको दैनिक १२ देखि १५ लाख मतपत्र छाप्ने क्षमता छ। आयोगका प्रवक्ता पौडेलले भने, ‘नमुना मतपत्र छपाइ सकिएलगत्तै समानुपातिकतर्फको मतपत्र डिजाइन तयार गरेर जनक शिक्षालाई दिइनेछ ।’

आयोगले समानुपातिकतर्फको मतपत्रको डिजाइन अझै गरिसकेको छैन। राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल)को चुनाव चिह्न के हुने सम्बन्धमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको हुँदा आयोगलाई मतपत्र डिजाइन गर्न समस्या भएको थियो । तर सर्वोच्चले गाई चुनाव चिह्न माग गरेको राप्रपा नेपालको रिट खारेज गरेको छ ।

यससँगै आयोगले राप्रपा नेपाललाई प्रदान गरेको चुनाव चिह्न तीर नै कायम हुने भएको छ । आयोगका कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले अदालतको आदेशपछि चिह्न कायम गर्न र मतपत्र छपाइको अवरोध हटेको बताए ।
४ मंसिरमा हुने आमनिर्वाचनका लागि ५०३ प्रकारको करिब ८ करोड मतपत्र छापिनेछन् । आयोगको निर्वाचन शाखाका अनुसार समानुपातिकतर्फ ४ करोड र पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष)तर्फ ४ करोड मतपत्र छापिनेछन् ।

आयोगले आगामी चुनावमा करिब १ करोड ८० लाख मतदाता कायम हुने अनुमान गरेको छ। २५ असोजभित्र मतपत्र छापिसक्ने लक्ष्य आयोगको छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

अमेरिकी मध्यावधि चुनाव– प्रारम्भिक परिणाममा डेमोक्र्याटिक पार्टीको अग्रता, ट्रम्पको रिपब्लिकनलाई धक्का

पश्चिमी वायु र अर्नब चक्रवातको असर : आज सातै प्रदेशमा भारी वर्षाको सम्भावना

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL