Breaking News
Monday, 5 Sep, 2022
गोंगबु बसपार्क क्षेत्रमा महानगरले चलायो डोजर
महानगरले अवैध संरचना र फुटपाथ मिचेर बनाइका संरचना हटाउने अभियानअन्तर्गत गोंगबु बसपार्क क्षेत्रमा डोजर चलाएको हो।
काठमाडौं– काठमाडौं महानगरले गोंगबु बसपार्क क्षेत्रका अवैध संरचना हटाउन थालेको छ । महानगरले अवैध संरचना र फुटपाथ मिचेर बनाइका संरचना हटाउन डोजर चलाएको हो ।
महानगरले अवैध संरचना हटाउनेदेखि डिजिटल होर्डिङ बोर्ड हटाउनेजस्ता कार्यलाई तीव्रता दिएको छ । महानगरले आइतबार पनि कोटेश्वर क्षेत्रका अवैध संरचना हटाएको थियो ।
यस्तै, कर नतिर्नेलाई करको दायरामा ल्याउन महानगरले सूचना जारी गरिसकेको छ ।







