Breaking News
Monday, 5 Sep, 2022
झापा ५ बाट सर्वसम्मत सिफारिस भए एमाले अध्यक्ष ओली
प्रतिनिधिसभा निर्वाचनका लागि ओलीलाई झापा ५ बाट सर्वसम्मत उम्मेदवार सिफारिस गरिएको हो
काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी ओली झापा क्षेत्र नम्बर ५ बाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् ।
प्रतिनिधिसभा निर्वाचनका लागि ओलीलाई झापा ५ बाट सर्वसम्मत उम्मेदवार सिफारिस गरिएको हो । ओली २०७४ को निर्वाचनमा पनि यसै क्षेत्रबाट निर्वाचित भएका थिए ।







