सरकारको सुझबुझपूर्ण नीतिले नेपाल श्रीलंका बन्न नपाएको अर्थमन्त्री शर्माको दाबी
गत आर्थिक वर्षका गल्तीबाट पाठ सिकेर सरकारले काम गरिरहेको मन्त्री शर्माको दाबी
काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माले सरकारको सुझबुझपूण नीतिका कारण नेपालको अर्थतन्त्र श्रीलंकाको बाटोमा जान नपाएको दाबी गरेका छन् ।
नेपाल आर्थिक पत्रकार समाजको २४औं वार्षिक साधारणसभा अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् ।
‘सरकारले होसियारीपूर्वक लिएका नीतिका कारण नेपाल श्रीलंकाको बाटोमा जान पाएन,’ उनले भने ।
अर्थतन्त्रका सूचकांक सकारात्मक बाटोमा रहेको भन्दै उनले आगामी दिनमा सझै सकारात्मक हुने उल्लेख गरे ।
उनले बजेटमा निर्यात प्रवद्र्धन गर्न लिइएका नीतिको फाइदा लिन व्यवसायीसँग उनले आग्रह गरे । गत आर्थिक वर्षका गल्तीबाट पाठ सिकेर सरकारले काम गरिरहेको उनको भनाइ छ ।
आर्थिक पत्रकारको छाता संगठन सेजनले शनिबार स्थापनाको २५औं वर्षगाँठ मनाइरहेको छ ।







