Breaking News
Monday, 29 Aug, 2022
मेयर बालेन्द्र शाहसँग सर्वोच्च अदालतले माग्यो लिखित जवाफ
काठमाडौँ, सर्वोच्च अदालतले काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहलाई लिखित जवाफ माग गरेको छ । न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले अवहेलना मुद्दामा अदालतको अवहेलनामा किन कारबाही नगर्ने भन्दै बालेनसँग लिखित जवाफ माग्ने आदेश गरेको हो।
सर्वोच्च अदालतका अनुसार अधिवक्ता दिपकराज जोशीले बालेनविरूद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा हालेका थिए।
केही समयअघि काठमाडौं महानगरले नर्भिक अस्पतालले भाडामा लिएको सार्वजनिक जग्गामा बनाएको संरचना हटाउन खोजेको थियो। नर्भिकले अदालतमा मुद्दा हालेपछि नर्भिकको अनधिकृत संरचना तत्काल नभत्काउन सर्वोच्च अदालतले अन्तरकालिन आदेश दिएको थियो।
लगत्तै मेयर शाहले संविधान संशोधन गरेर ‘नक्सा पासको अधिकार अदालतलाई दिऔं’ भन्दै प्रतिक्रिया जनाएका थिए ।








