Breaking News
Monday, 29 Aug, 2022
१ लाख १५ हजार म्यादी प्रहरी भर्ना गरिँदै
सरकारले आगामी ४ मंसिरमा हुने प्रदेशसभा तथा संघीय निर्वाचनका लागि म्यादी प्रहरी भर्ना गर्न लागेको हो
काठमाडौं– सरकारले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि १ लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्ने भएको छ ।
आगामी निर्वाचनका लागि १ लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्न अर्थ मन्त्रालयले स्वीकृति दिएको गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव फणिन्द्रमणि पोखरेलले बताए । तोकिएको संख्यामा म्यादी भर्ना गर्न अर्थले बजेट विनियोजन गर्ने उनको भनाइ छ ।
अर्थले स्वीकृति दिएसँगै भर्ना खोल्ने तथा छनोट प्रक्रिया अगाडि बढाइनेछ। म्यादी प्रहरी कम्तीमा ४० दिनका लागि भर्ना खुलाइनेछ ।
सरकारले यसअघि ३० वैशाखमा सम्पन्न स्थानीय तह चुनावका लागि १ लाख म्यादी प्रहरी भर्ना गरेको थियो । उनीहरूलाई ४५ दिनका लागि भर्ना गरिएको थियो ।







