माओवादीले तोक्यो बागमती प्रदेशका ३३ निर्वाचन क्षेत्रमा चुनावी कमान्डर
बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेशका पदाधिकारी बैठकले प्रदेशका ३३ निर्वाचनमा चुनावी कमान्डर खटाउने निर्णय
काठमाडौं–सत्तारुढ नेकपा माओवादी केन्द्रले बागमती प्रदेशका निर्वाचन क्षेत्रमा चुनावी कमान्डर तोकेको छ । ललितपुरमा बसेको बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेशका पदाधिकारी बैठकले प्रदेशका ३३ निर्वाचनमा चुनावी कमान्डर खटाउने निर्णय गरेको हो ।
बैठकले चितवन–१ मा कञ्चन खनाल, चितवन– २ मा घनश्याम दाहाल र चितवन–३ मा रेनु दाहाललाई चुनावी कमान्डरको जिम्मा दिइएको छ ।
यस्तै, काठमाडौं–१ मा अनिल शर्मा, २ मा कुमार पौडेल, ३ मा बद्री बजगाईं, ४ मा गोविन्द बटाला, ५ मा कल्पना शर्मा, ६ मा हिमाल शर्मा, ७ मा रामबाबु फुयाल, ८ मा सरिता श्रेष्ठ, ९ मा शंकर दुलाल, १० मा अञ्जना विसंखेलाई खटाउने भएको छ ।
काठमाडौं महानगरभित्रको सबै चुनावी कमान्ड भने मुक्ति प्रधानले सम्हाल्नेछन्। यस्तै, भक्तपुर १ मा देवेन्द्र श्रेष्ठ र डीपी ढकाल तथा २ दिलीप प्रजापतिले जिम्मेवारी पाएका छन् ।ललितपुर–१ मा गंगा पराजुली, २ मा उर्मिला लामा र ३ मा हरि दाहाल र पद्मा राईलाई तोकिएको छ ।
धादिङमा शालिकराम जम्कट्टेल, काभ्रेमा सूर्यमान दोङ र रुकु चौलागाई, सिन्धुपाल्चोकमा माधव सापकोटा र शरद दुलालले चुनावी कमान्ड गर्ने छन् । दोलखामा देवी खड्का, रामेछापमा श्यामकुमार श्रेष्ठ र रसुवामा इन्द्र गोतामेले जिम्मेवारी पाएका छन् ।
माओवादीले सिन्धुलीमा दीर्घराज श्रेष्ठ र वसन्त माझी, मकवानपुर–१ मा विजय गौतम, २ मा कुमारी मोक्तान, नुवाकोट–१ मा रहितबहादुर तामाङ, २ मा विमला सुवेदीले चुनावी कमान्ड सम्हाल्नेछन् ।







