प्रमुख समाचार Friday, 26 Aug, 2022
Prestige Media

४ मंसिरको चुनावी मैदानमा उत्रिँदै ८७ दल

काठमाडौं– निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा ८७ दलले प्रतिस्पर्धा गर्ने बताएको छ ।चुनावमा प्रतिस्पर्धा गर्न दर्ता भएका ८७ दलमध्ये प्रतिनिधिसभा सदस्य निर्वाचनमा ७९ दलका निर्वाचन चिह्न मतपत्रमा कायम रहने आयोगका उपसचिव सूर्यप्रसाद अर्यालले बताए ।

उनका अनुसार प्रदेशसभा निर्वाचनका लागि भने प्रदेश १ मा ७० दलले ६२ वटा चुनाव चिह्नबाट प्रतिस्पर्धा गर्दै छन् ।
मधेस प्रदेशमा ७५ दलले ६७ वटा चुनाव चिह्न, बागमती प्रदेशमा ७२ दलले ६४ निर्वाचन चिह्न, गण्डकी प्रदेशमा ६६ दलका ५८ वटा चुनाव चिह्न मतपत्रमा हुने आयोगले बताएको छ ।

यसैगरी लुम्बिनी प्रदेशमा ६८ दलका लागि ६० वटा, कर्णाली र सुदूरपश्चिममा प्रतिप्रदेश ६४ दलका लागि ५६ वटा निर्वाचन चिह्न मतपत्रमा छापिनेछ ।

आउँदो निर्वाचनको मतपत्रमा नेकपा एमालेको चुनाव चिह्न एक नम्बरमा रहनेछ ।२०७४ मा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मत संख्याको आधारमा एमालेको चुनाव चिह्न सूर्य पहिलो नम्बरमा हुने आयोगका सहप्रवक्ता अर्यालको भनाइ छ ।

दोस्रोमा नेपाली कांग्रेस र तेस्रोमा नेकपा माओवादी केन्द्रको निर्वाचन चिह्न हुनेछन् ।अहिले संघ र प्रदेशमा सांसद रहेका दललाई समानुपातिक निर्वाचन प्रणालीबाट प्राप्त मतको आधारमा दलको क्रम निर्धारण गरेको आयोगले जनाएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभामा प्रतिनिधित्व नगर्ने दलको हकमा भने आयोगमा दल दर्ता भएको क्रममा आधारमा दल एवं उम्मेदवारको चिह्न मतपत्रमा समावेश गरिनेछ ।

आयोगले राष्ट्रिय यथार्थवादी पार्टी नेपाललाई मोटरसाइकल, सामाजिक लोकतान्त्रिक पार्टीलाई तीनढुंगे अगेनो र त्रिमूल नेपाललाई ओदान निर्वाचन चिह्न प्रदान गरेको छ । दल दर्ताको निवेदन पेस गर्दा माग गरेअनुसारकै चुनाव चिह्न दिएको आयोगमा सह–प्रवक्ता एवं उपसचिव अर्यालले बताए ।

निर्धारण गरिएका निर्वाचन चिह्न आयोगले नेपाल राजपत्रमा प्रकाशन गर्नेछ ।नेकपा माओवादी केन्द्रको निर्वाचन चिह्नबाटै चुनावी मैदानमा उत्रिने दलहरूले छुट्टै दल दर्ता गर्नुपर्ने छैन ।आयोगले विज्ञप्ति निकालेर माओवादी केन्द्रकै निर्वाचन चिह्नबाट चुनाव लड्ने नेकपा समाजवादी एक, नेपाल समाजवादी पार्टी, नेपाल दलित पार्टी र आधुनिक नेपाल समाजवादी पार्टीले अलग्गै दल दर्ता गर्नु नपर्ने जानकारी दिएको हो ।

५ राजनीतिक दलले एकल चुनाव चिह्न लिएर निर्वाचनमा सहभागी हुने निवेदन दिएकाले राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को व्यवस्थाबमोजिम आयोगले छुट्टै दलको रूपमा दर्ता नगर्ने निर्णय गरेको हो ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

अमेरिकी मध्यावधि चुनाव– प्रारम्भिक परिणाममा डेमोक्र्याटिक पार्टीको अग्रता, ट्रम्पको रिपब्लिकनलाई धक्का

पश्चिमी वायु र अर्नब चक्रवातको असर : आज सातै प्रदेशमा भारी वर्षाको सम्भावना

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL