प्रमुख समाचार
Thursday, 25 Aug, 2022
बालुवाटारमा सिट बाँडफाँट कार्यदलको बैठक जारी
काठमाडौं– आगामी ४ मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा चुनावमा पेचिलो बन्दै गएको सत्ता गठबन्धनको सिट बाँडफाँट टुंग्याउन बिहीबार पनि कार्यदलको बैठक बसिरहेको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको कार्यदलका एक सदस्य बताए ।
प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा तालमेल गर्ने निर्णय सत्ता गठबन्धनका दलले गरे पनि सिट बाँडफाँट टुंगो लगाउन सकेका छैनन् ।
सिटौला नेतृत्वको ११ सदस्यीय कार्यदललाई साउनभित्रै सिट बाँडफाँटको प्रस्ताव ल्याउन भनिए पनि निर्धारित समयसीमाभित्र काम सम्पन्न भएको छैन ।
त्यसपछि भदौ पहिलो साताभित्रै काम सक्ने भनिए पनि अहिलेसम्म सिट बाँडफाँटको टुंगो लागेको छैन ।कार्यदल संयोजक कृष्णप्रसाद सिटौला भने कोरोना संक्रमित भएकाले अनुपस्थित हुनेछन् ।







