प्रमुख समाचार
Wednesday, 24 Aug, 2022
निलम्बित प्रधानन्यायाधीश जबरालाई सोधपुछका लागि बोलाइयो
काठमाडौं– प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई आउँदो १५ भदौमा सोधपुछका लागि बोलाएको छ ।बुधबार बसेको समितिको बैठकले जबरामाथि लागेका आरोपबारे सोधपुछ गर्न १५ भदौमा बोलाउने निर्णय गरेको हो । गत १ फागुनमा राणामाथि प्रतिनिधिसभामा दर्ता भएको महाभियोग प्रस्ताव सम्बन्धमा अहिले समितिमा छलफल भइरहेको छ।
गत २२ फागुनमा प्रतिनिधिसभाले प्रधानन्यायाधीश जबराविरुद्ध दर्ता महाभियोग प्रस्तावका सम्बन्धमा अध्ययन गर्न महाभियोग सिफारिस समिति गठन गरेको थियो ।
समितिमा विष्णु पौडेल, लालबाबु पण्डित, शिवमाया तुम्बाहाम्फे, कृष्णभक्त पोखरेल, मिनबहादुर विक, रामबहादुर विष्ट, यशोदा सुवेदी, रेखा शर्मा, कल्याणी खड्का, एकवाल मियाँ र प्रमोद साह सदस्य छन् ।







